दफा १०
गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने
  यस ऐन अन्तर्गत औषध नियन्त्रण अधिकारीले गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरेको सामानहरु बाटाको म्याद बाहेक गिरफ्तार वा कब्जा गरिएको चौबीस घण्टा भित्र मुद्दा हेर्ने अधिकारीकहाँ उपस्थित र दाखिल गर्नु पर्नेछ ।